• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

‘बालाकोट स्ट्राइक’ मा फिल्म बन्दै



विवेक ओबेरोयले बालाकोट स्ट्राइकमा फिल्म बनाउनको लागि अनुमति लिएको छ। यो फिल्म जम्मू कश्मीर, दिल्ली र आग्रामा शूटिङ हुने बताईएको छ । फिल्मको शुटिङ २०२० मा सुरु हुने आशा गरिएको छ । जम्मू–काश्मिरमा पुलवामा आतंकवादी हमला पछि बालाकोट एयरस्ट्राइकमा बहादुरीका लागि प्रख्यात भारतीय वायुसेनाका विंग कमांडर अभिनंदन वर्तमान भारत देशका लागि नायकभन्दा कम छैनन् ।

पाकिस्तानको चंगुलबाट बाहिर आएको र बहादुरीको चमत्कार प्रस्तुत गरेका अभिनन्दनले सरकारबाट वीरचक्र पनि प्राप्त गरेका हुन् । त्यसकारण अब बलिउडले भारतीय सैनिकहरूलाई श्रद्धांजली दिन फिल्म बनाउने निर्णय गरिसकेको छ। त्यसो त अभिनन्दनको योगदान पनि यसमा उल्लेख अवश्य हुनेछ ।

बलिउड अभिनेता विवेक ओबेरोयले एक फिल्म बनाउन अनुमति प्राप्त गरिसकेका छन् । फिल्म तीन भाषाहरू हिन्दी, तमिल, र तेलुगुमा बनाइने भएको छ ।