२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आगामी वर्षको बजेटमा असन्तुष्ट जनाएका छन् । बजेटले आशा जगाउन नसकेको भन्दै उनले असन्तुष्ट जनाएका हुन् ।

मंगलवार संघीय संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रश्तुत गरेका थिए । अर्थमन्त्रीले बजेट वक्तव्यमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको बताएका थिए ।

सधैंझैं अनुदान,अनुमान र ऋणमा आधारित बजेट भएको भन्दै अध्यक्ष लिङ्देनले पूँजीगत र चालु खर्चको अन्तर कम नभएको टिप्पणी गरे ।

सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम वाहेक अधिकाँस पुरानै कार्यक्रमहरुको निरन्तरता दिईएको भन्दै उनले खर्च गर्ने क्षमताको अभाव कायमै रहेको बताए । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको लागि १० करोड बजेटको व्यवस्था गरेको छ ।

बजेट कार्यान्वयनमा जटिलता हुने बताउदै अध्यक्ष लिङ्देनले परम्पराको निर्वाह गर्न मात्र बजेट आएको टिप्पणी गरे ।