• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आगामी वर्षको बजेटमा असन्तुष्ट जनाएका छन् । बजेटले आशा जगाउन नसकेको भन्दै उनले असन्तुष्ट जनाएका हुन् ।

मंगलवार संघीय संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रश्तुत गरेका थिए । अर्थमन्त्रीले बजेट वक्तव्यमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको बताएका थिए ।

सधैंझैं अनुदान,अनुमान र ऋणमा आधारित बजेट भएको भन्दै अध्यक्ष लिङ्देनले पूँजीगत र चालु खर्चको अन्तर कम नभएको टिप्पणी गरे ।

सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम वाहेक अधिकाँस पुरानै कार्यक्रमहरुको निरन्तरता दिईएको भन्दै उनले खर्च गर्ने क्षमताको अभाव कायमै रहेको बताए । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको लागि १० करोड बजेटको व्यवस्था गरेको छ ।

बजेट कार्यान्वयनमा जटिलता हुने बताउदै अध्यक्ष लिङ्देनले परम्पराको निर्वाह गर्न मात्र बजेट आएको टिप्पणी गरे ।