२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’



अ+ अ-

काठमाडौँ । एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् ।

प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै ‘प्रेस पास’ वितरण हुने गरेको छ ।

विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । यस्तै नयाँ लिनका लागि भने विभागमा जानुपर्ने वा घुम्ती शिविर सञ्चालन भएको बेला लिने पाइने व्यवस्था गरिएको छ ।

विभागले कोही पनि श्रमजीवी पत्रकार ‘प्रेस पास’ लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष उपत्यका बाहिर विभिन्न जिल्लाका सात स्थानमा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ । बढी पत्रकार हुने ठाउँमा विभागको टोली पुगेर आवश्यक प्रक्रिया पूरा गरेका पत्रकारलाई ‘प्रेस पास’ वितरण गर्दै आएको हो ।

विभागका सूचना अधिकारी सुमन बज्राचार्य अधिकांश पत्रकारहरुले ‘प्रेस पास’ लिने गरे पनि नवीकरण गर्न नआउने समस्या देखिने गरेको बताउछन् । “एक वर्षका लागि प्रेस पास दिने भएकाले प्रत्येक वर्ष नवीकरण गर्न विभाग वा सञ्चार केन्द्रमा आउनुपर्नेमा अधिकांश पत्रकारहरुले नवीकरण गर्न नआउने गरेका छन्”, उनले भने ।

पटक–पटक सञ्चारमाध्यम फेरिराख्ने प्रक्रियाका कारण पनि ‘प्रेस पास’ नवीकरणका लागि समस्या पर्ने गरेको उनको भनार्इ छ । विभागले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक, सम्बन्धित सञ्चारमाध्यामको निवेदन र नियुक्तिपत्रका आधारमा ‘प्रेस पास’ उपलब्ध गराउँदै आएको छ ।