१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा



अ+ अ-

राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए । पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पुर्याउन गरेका छन् ।