५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफुले सहज सम्बन्ध चाहेको: नेता माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश पठाएका छन् । उनले कतिपय सार्वजनिक कुराहरुमा असहमति हुँदा पनि व्यक्तिगत सम्बन्धमा दरार ल्याउन नचाहेको सन्देश पठाएका हुन् ।

वरिष्ठ नेता नेपालका निकटस्थ मानिने नेकपाका नेता डा.वंशीधर मिश्रमार्फत नेता माधवकुमार नेपालले ओलीसम्म सो सन्देश पठाएको हो । मिश्रले नेपाललाई भेटेर पछिल्लो बैठकको समाचारले पार्टी र शुभेच्छुकमा नराम्रो सन्देश गएको बताएका थिए ।

बिहीबारको बैठकमा भएको चर्काचर्कीले आफूलाई पनि नराम्रो लागेको भन्दै कमी कमजोरी महसुस गरेर सम्बन्ध सहज बनाउन चाहेको उनले बताएका थिए । मिश्रले नेपाललाई संयमित हुन सुझाव दिएका छन् । नेपालले भने पार्टी अध्यक्षले आफ्नो शुभकामना चाहिँदैन भनेपछि असहज परिस्थिति उत्पन्न भएको र त्यसक्रममा कतिपय शब्दहरु प्रयोग भएको आफूले महसुस गरिसकेको पनि बताएका थिए ।

मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत नेपालको सो सन्देश प्रधानमन्त्रीसम्म पुर्‍याइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।