१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्र अनुशासन र जिम्मेवारी बोधमा विचलन देखियो: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै हराएर जान सक्ने खतराको बारे खुलाए ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेठ्नपर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा ।

हामीकहाँ पनि यसो हेर्दा लक्षण चाही । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता–कता त्यस्तै देखिने ।’ पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए । उनले दुई पार्टी मिलेर बनेको ठुलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी समेत व्यक्त गरे ।

विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको उनले कडा टिप्पणी गरे । उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैँले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सँधै सचेत र सजग हुनुपर्ने बारे पनि प्रस्ट पारे ।