१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक युवकको मृत्यु



अ+ अ-

सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । स्थानीय २५ वर्षीय श्यामलाल यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको बताईएको छ।