५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्टेनर डिब्बा जलेर नष्ट



अ+ अ-

रसुवा । चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र रसुवागढीमा आज बिहान एक कन्टेनर डिब्बा जलेर नष्ट भएको छ । सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका गुल्मपति एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार सामान लिनका लागि चीनको केरूङ जाने लाइनमा पर्किङ गरी राखिएको ना३ख ४८७३ नम्बरको कन्टेनर डिब्बा मितेरी पुल र घट्टेखोलाबीच रसुवागढी छेउकै राजमार्गमा जलेको हो ।

हावाका कारण गढीक्षेत्रको प्रसारण लाइन एकआपसमा जुध्न जाँदा विद्युत्लाइन मुनि पार्किङ गरी राखिएको कन्टेनर डिब्बाको छतमा विद्युत्को तारले छोएपछि एक्कासी निस्केको आगोले जलेर नष्ट भएको बताइएको छ ।

कन्टेनरमा लागेको आगो नियन्त्रका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा जुटे पनि नजिकमा पानीको स्रोत तथा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ पर्न गई डिब्बा पूरै जलेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

विद्युत् प्राधिकरणले खम्बामा तारको राम्रो व्यवस्थापन गर्न नसकेका कारण थोरै हावाले पनि विद्युत् तार जुध्ने समस्या जटिल हुँदै गएको र चालू विद्युत्को तारमुनि सवारी साधन पार्किङ गर्नु सवारी चालककोसमेत गल्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।