१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नक्कली नोटसहित २ जना पक्राउ



अ+ अ-

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय नक्कली नोटसहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं २ बैरिया विर्ता बस्ने ३४ बर्षका दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका २ छपकैया बस्ने ४८ बर्षका जमिल अख्तर रहेका छन् ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए । बिहीबार साँझ पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ ईदगाहा चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।