२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नक्कली नोटसहित २ जना पक्राउ



अ+ अ-

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय नक्कली नोटसहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं २ बैरिया विर्ता बस्ने ३४ बर्षका दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका २ छपकैया बस्ने ४८ बर्षका जमिल अख्तर रहेका छन् ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए । बिहीबार साँझ पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ ईदगाहा चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।