१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघको माग



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार ओम हमाललाई रिहाई गर्न माग गरेको छ । हमाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार विहान प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको कार्यकर्ता भएको भन्दै पक्राउ गरेको थियो ।

पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गरी पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो ।

हमाल नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा जनसञ्चाल डटकमका सम्पादक हुन् ।