२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको युवकको मृत्युको विषय राष्ट्रियसभामा



अ+ अ-

काठमाडौं । कीर्तिपुरमा कोरियाली भाषा सिक्ने एक युवकको मृत्युको विषय शुक्रबार राष्ट्रियसभा बैठकमा उठेको छ । कीर्तिपुरमा होस्टलमा बसेर भ्याली इन्ष्टिच्युटमा कोरियाली भाषा पढिरहेका जैसी चोरी आरोपमा पक्राउ परेको र प्रहरी अनुसन्धान गरी फेरि होस्टल सञ्चालकको जिम्मा लगाएको ३ घण्टामै मृत्यु भएको भन्दै उनले यो विषय अनुसन्धान गर्न माग गरेका हुन् ।

राष्ट्रियसभाका सांसद भैरवसुन्दर श्रेष्ठले कीर्तिपुरको भ्याली इन्ष्टिच्युटमा कोरियाली भाषा सिकिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का विष्णुप्रसाद जैसीको मृत्यु शंकास्पद भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद श्रेष्ठका अनुसार जैसी कीर्तिपुरको भ्याली इन्ष्टिच्युटमा कोरियाली भाषा पढ्दै थिए र सोही इन्ष्टिच्युटको सम्बन्ध भएको होस्टलमा बस्दै आएका थिए ।

तर, होस्टल सञ्चालकको बाला हराएको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा बुझाइयो । प्रहरीले २४ घण्टासम्म हिरासतमा राखेर अनुसन्धान गर्दा चोरीको आधार नभेटिएको भन्दै फेरि होस्टल सञ्चालकको जिम्मा लगाए । प्रहरीले आफूहरुले अनुसन्धान गर्दा उनलाई थुनामा राख्ने कुनै आधार नभएको भन्दै फेरि होस्टल सञ्चालकको जिम्मा लगाएको थियो ।

‘हामीले इन्क्वायरी गर्‍यौं, उनी निर्दोष छन् भनेर जसले थुनामा ल्यायो, उसलाई बोलाएर बुझाइन्छ । प्रहरीले बुझाउँदा उनी सकुशल छन् । उनको बाबुले म काठमाडौं आएपछि म बुझौंला अरुको हातमा नबुझाउनुहोला भन्छन् । तर प्रहरीले २४ घण्टा भन्दा राख्न मिल्दैन भनेर जसले थुनायो उसैलाई बुझाउँछ । प्रहरीले इन्कवायरी गरेपछि निर्दोष सावित हुने,सञ्चालकलाई बुझाएपछि उनको मृत्यु हुन्छ,’ उनले भने ।

अहिले उनको बुबा हरिसुन्दर जैसीले सञ्चालकविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ नगरेको सांसद श्रेष्ठले बताए । ‘बुबाले किटानी जाहेरी दिएका छन् । तर प्रहरीले हामी अनुसन्धान गर्दैछौं भन्छ, कसैलाई पक्राउ गरेको छैन,’ उनले भने, ‘हामीले बारम्बार भन्दा पनि प्रहरी चल्दैन ।

हाम्रो प्रहरीको, छानबिनको तरिका के हो ?’उनले त्यस चौकीका प्रहरीहरु अनुसन्धान गर्न अयोग्य भए अरु पठाउन पनि माग गरेका छन् ।