२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुम ट्रक दुर्घटना हुँदा १ मजदुरको मृत्यु



अ+ अ-

म्याग्दी । निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको वुम ट्रक दुर्घटना हुँदा १ मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका, ६ घारको अमिला काफलस्थित आउटलेटमा शुक्रबार बिहान ७ बजे मजदुर लिएर सुरुङ पस्ने क्रममा मुखबाट तल खस्दा रुकुमका ४१ वर्षीय टेकमान कामीको मृत्यु भएको र अन्य मजदुर हाम्फालेर बाँचेको प्रहरीले जनाएको छ ।

०७६ मंसिरभित्र निर्माण सम्पन्न गरिने आयोजना ‘थ्रीसी’ मोडेलमा कन्सल्टेन्ट कन्ट्याक्टर हाइड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा साउथ एशिया इन्फ्रास्टक्चर रहेका छन् ।

अन्नपूर्ण गापा ५ को कुरिलाखर्कमा बाँध बनाई ३ किमि लामो सुरुङमार्गको अन्नपूर्ण गापा ६ अमिला काफलमा आउटलेटबाट १२ सय मिटर पेनस्टक पाइपबाट पानी ल्याएर बेनी–जोमसोम सडकको पोखरेबगरमा विद्युत् गृह बनाउने योजना छ ।