५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी



अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।

यसैबीच प्रहरीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न तीन हजार ८३१ का लागि नयाँ भर्ना दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालीम केन्द्र तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।