१२ आश्विन २०८१, शनिबार
,
Latest
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथी लिभरपुलको ३–१ गोलको जित



अ+ अ-

काठमाडौं । शनिबार भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलको अन्तरले हराएको हो । मोहम्मद सलाहको दुई गोलसँगै लिभरपुलले प्रिमियर लिगमा आर्सनलमाथि सहज जित निकालेको छ । एन्फिल्डमा भएको खेलमा लिभरपुलको सुरुवाती गोल पहिलो हाफको अन्त्यतिर जोइल माटिपको गोलबाट भएको थियो ।

दोस्रो हाफको सरुमा लिभरपुलले पेनाल्टी पाएको थियो, जसमा सलाह चुकेनन् र गोल गर्न सफल भए । खेलको ५८ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको अन्त्यतिर आर्सनलका टोरेराले सान्त्वना गोल गरे । खेलभरीको परिपेक्षलाई हेर्ने हो भने खेलको मजा लिभरपुलले मजाले लिईरहेको देखिन्थ्यो । प्रशिक्षक जोर्गेन क्लोपले भने, ‘यो शक्ति, ऊर्जा र प्यासनले भरिएको प्रदर्शन थियो, जुन आर्सनल जस्तो टिमसँग खेल्दा चाहिन्छ ।’