१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन आईसीसीको सचिवमा अधिकारीको उम्मेद्बारी घोषणा



अ+ अ-

युएई । विनय अधिकारीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उम्मेद्बारीको घोषणा गरेका छन् । अधिकारीले आगामी अक्टोबरमा काठमाडौँमा हुन लागेको नवौं सम्मेलनमा सचिव पदका लागि उम्मेद्बारी घोषणा गरेका हुन् । डेढ दशकदेखि प्रवासमा रहि विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएन युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।

गैरआवासीय नेपाली संघलगायत अन्य थुप्रै सामाजिक सघ संस्थामा आबद्ध रहँदै आएका अधिकारी गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको २०१७/२०१९ कार्यकालको लागि उपमहासचिव हुन् । उनी लामो समयदेखि बेलायतमा व्यवसाय गर्दै आएका छन् । एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता, समावेशिता, सामूहिक एकता, सबै नेपालीबीच एकता आजको एनआरएनएको आवश्यकता भएको उनी बताउँछन् ।

केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार हुन् ।