१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?
अ अ+ अ-

– नारायणी रजौरे
दाङ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा । आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो ।

तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक, बिजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारू समुदायकी एक २१ वर्षीया युवतीले विष सेवन गरेर आत्महत्या गरेका थिए । उनीहरु तीनै जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुले दिउँसोको समयमा विष सेवन गरेको परिवारले जनाएका छन् । विष सेवन गरेको थाहा पाएपछि अस्पताल पुर्याइएको भए पनि उनीहरुलाई बचाउन नसकिएको चिकित्सकको भनाई छ ।

तर, उनीहरुले किन विष सेवन गर्नुपरेको हो भन्ने बारेमा भने केही खुलेको छैन । प्रहरीले यस विषयमा गहन अध्ययन शुरु गरेको जनाएको छ तर कारण भने पत्ता लागिसकेको छैन । त्यसको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो ।

उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन । यी तीन दिनभित्रका आत्महत्याका चार घटना उदाहरण मात्र हुन् । दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा यस्ता दुर्घटनाको समाचार आउने गरेको छ, जुन अत्यन्तै दुःखद् छ । दाङमा गएको वर्ष दिनयता मात्र ९५७ आपराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी २०९ आत्महत्याका घटना रहेको दाङ प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये १३२ झुण्डिएर, ७७ विष सेवन गरेर रहेका छन् । तीमध्ये १११ पुरुष, ९८ महिलाले आफैँले आफैँलाई हत्या गरेका छन् । यसमा बालबालिकाको सङ्ख्या १६ रहेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेहरुमध्ये सबैभन्दा बढी जनजाति समुदायका ७४, दलित ५६, क्षेत्री ३७, ब्राम्हण ३०, मुस्लिम १२ रहेको पनि प्रहरीको सो तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेमध्ये धेरैजसो विवाहितको सङ्ख्या देखिन्छ ।

तथ्याङ्कले १८९ विवाहित व्यक्तिले आत्महत्या गरेको देखाएको छ । त्यसैगरी २० अविवाहित छन् । आत्महत्या गर्नुको कारणमा सबैभन्दा धेरै गरीबीको कारण देखिएको प्रहरीले जनाएको छ । गएको वर्षको तथ्याङ्कमा ९७ ले गरीबीका कारण आत्महत्या गरेको अनुमान गरिएको छ । त्यसैगरी ४८ मानसिक असन्तुलन, १८ प्रेममा असफल, ११ घरेलु हिंसाका कारण रहेको सो तथ्याङ्कमा जनाइएको छ ।

पछिल्लो पाँच वर्षको अवधिमा जिल्लामा ८२९ को अकालमा मृत्यु भएको तथ्याङ्क दाङ प्रहरीले सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार दाङ जिल्लामा आत्महत्यासम्बन्धी विसं २०७२ साउनदेखि २०७६ असारसम्मको तथ्याङ्क हेर्दा ८२९ को अकालमै मृत्यु भएको देखिन्छ । यसरी ज्यान जानेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन् । उक्त सङ्ख्यामा सबैभन्दा बढी झुन्डिएर ६३.०६ प्रतिशत आत्महत्याको सङ्ख्या छ ।

यसपछि विष सेवन गरेर आत्महत्या गर्ने ३६.१३ प्रतिशत सङ्ख्या छ । आफैँलाई आगो लगाएर, हााफालेर र आफैँलाई गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ । हरेक वर्ष आत्महत्याका घटनाहरु बढनु ज्यादै नै दुःखदायी अवस्था हो भन्दै जिल्लामा बढ्दो आत्महत्याका घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी यहाँका नागरिकहरुले चासो र चिन्तासमेत व्यक्त गरेका छन् ।

व्यक्तिको उच्च महत्वकाङ्क्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि ‘डिप्रेसन’ भएका कारण पनि धेरैजसोले आत्महत्या गर्ने गरेको बताउछन्, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य निरा योगी । उनी भन्छन्, “सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नु हँुदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।”

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जीवनलाई नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकाङ्क्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार राख्छन् । दाङमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसमा सञ्चारमाध्ययमले जनचेतनामूलक कार्यक्रम प्रकाशन प्रसारण गर्नुपर्ने सुझाव दिए ।

“आत्महत्या आफैंले आफैँलाई हत्या गर्नु हो, यसमा विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण ‘डिप्रेसन’ नै हो”, डा किशोर खत्रीले भने । उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताछन् । आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम विभिन्न विद्यालय, गाउँ–टोलमा लैजान सबैकोे सहयोग आवश्यक रहेको बताउछन्, तुलसीपुर उपमहानगरपालिका–५ का वडासदस्य सावित्रा गुरुङ ।

उनले आत्महत्या विभिन्न कारणले हुने गरेको भन्दै अब कारण पहिचान गरी यसलाई निरुत्साहित गर्नेतर्फ सबै लाग्नुपर्ने र वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्ने कार्ययोजना बनाइरहेको बताए् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आत्महत्या विभिन्न कारणबाट हुने गरेको भन्दै आत्महत्या न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले आत्महत्यालाई निरुत्साहित गर्न मनोसामाजिक परामर्श गर्नुपर्ने बताउछन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले गरीबी, कमजोर मानसिकता, चिन्ता, भय र उच्च महत्वकाङ्क्षा व्यक्तिमा भएका कारण त्यो पूरा नहुँदा निराशा भएर आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताए । उनले जिल्लामा अन्य अपराधका तुलनामा आत्महत्याका घटना बढिरहेको भन्दै अब यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न बस्ती तथा टोलमा नागरिकहरुकै सहकार्यमा सचेतना कार्यक्रम गर्ने बताए । (रासस)