५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह



अ+ अ-

वासिङ्टन । संयुक्तराष्ट्र बालकोष ९युनिसेफ०का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र(जी७) का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका छन् । हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ ।

उत्तरपश्चिम सिरियामा मात्र शैक्षिक संस्थामा ७३ पटक, स्वास्थ्य संस्थामा ४९ पटक र खानेपानीका पूर्वाधारमा २९ पटक आक्रमण भएको युनिसेफको भनाई छ । खानेपानीका पूर्वाधारमा भएको आक्रमणबाट छ लाख १० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।

“इड्लिबमा भड्किएको हिंसा अझ व्यापक हुने संकेत पाइएका छन् । यी हिंसाबाट बालबालिका र सर्वसाधारणको मृत्यु वा घाइते हुने सम्भावना अझै बढेको छ । साथै, हिंसाबाट जोगिन ठूलो संख्यामा मानिसहरु पलायन हुने खतरा छ,” हेनरिताले भने ।

सिरियाली द्वन्द्व नवौं वर्षमा प्रवेश गरिसकेको सन्दर्भमा यस युद्धबाट प्रभावित सबै बालबालिकालाई सुरक्षित राख्न र उनीहरुको अधिकार रक्षाका लागि प्रमुख औद्योगिक राष्ट्रको भूमिका महत्वपूर्ण हुने युनिसेफले जनाएको छ ।