१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, १०१ घाइते

वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, १०१ घाइते
अ अ+ अ-

खार्तुम । सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा बढी घाइते भएका छन् ।

“वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्,” स्वास्थ्य मन्त्रालयका कार्यवाहक उपसचिव सुलेमान अब्दुल जब्बारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पुर्याएको र २० हजारभन्दा धेरैको घर पूर्णरुपमा क्षतिग्रस्त भएको उनले बताए ।

उनले वर्षा र बाढीपछि आउन सक्ने अन्य प्रकोपहरुबाट बच्न अभियान चलाउन थालेको पनि जानकारी दिए । अभियान अन्तर्गत वर्षायाममा मानिस, जनावर र वातावरणमा पर्ने नकारात्मक असरका बारेमा जानकारी गराइने उनको भनाई छ । यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो ।

सो कार्यालयले २२ हजार ६३४ घरमा क्षति पुगेको र ११ हजार ७०२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ । अगस्टको सुरुदेखि सुडानमा अत्यधिक वर्षा र बाढीले देशका धेरै ठाउँमा असर पारको थियो भने कतिपय सडकहरु अबरुद्ध भएका छन् ।