५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, १०१ घाइते



अ+ अ-

खार्तुम । सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा बढी घाइते भएका छन् ।

“वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्,” स्वास्थ्य मन्त्रालयका कार्यवाहक उपसचिव सुलेमान अब्दुल जब्बारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पुर्याएको र २० हजारभन्दा धेरैको घर पूर्णरुपमा क्षतिग्रस्त भएको उनले बताए ।

उनले वर्षा र बाढीपछि आउन सक्ने अन्य प्रकोपहरुबाट बच्न अभियान चलाउन थालेको पनि जानकारी दिए । अभियान अन्तर्गत वर्षायाममा मानिस, जनावर र वातावरणमा पर्ने नकारात्मक असरका बारेमा जानकारी गराइने उनको भनाई छ । यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो ।

सो कार्यालयले २२ हजार ६३४ घरमा क्षति पुगेको र ११ हजार ७०२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ । अगस्टको सुरुदेखि सुडानमा अत्यधिक वर्षा र बाढीले देशका धेरै ठाउँमा असर पारको थियो भने कतिपय सडकहरु अबरुद्ध भएका छन् ।