५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै



अ+ अ-

बियारिज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताएका छन् । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।”

प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए । दुबै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौं ।”

जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तिब्रता दिनुका साथै संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर भएको छ ।