५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको र्याली



अ+ अ-

कुतुपालोङ । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा र्याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्यालीमा सहभागी भएका हुन् । सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् ।

र्यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए । उनीहरुले रोहिङ्ग्या जिन्दावाद भनेर नारा लगाएका थिए । अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ । म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।

विस्थापित भएका रोहिङ्ग्याहरुलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरुलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन । शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरुले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् । पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर शरणार्थीहरुले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।