१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन: सञ्चार मन्त्री



अ+ अ-

अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए ।

उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताए । उनले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताए ।

कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको बताए । देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए ।

‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उनको भनाई थियो । उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए ।