५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेसहित ३ जनाविरुद्ध अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता



अ+ अ-

चितवन । जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ । प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो।

यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो । उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो। अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ । बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।

आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो । प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा निजहरुलाई ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय हुनेछ ।