५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरोकार समितिले माग्यो उपकुलपतिको राजनीनामा



अ+ अ-

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ । विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्त रुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो ।

अभियानका अगुवा विकिरण गौतमको नेतृत्वमा आज अपराह्न उक्त प्रतिष्ठान पुगेको टोलीले रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई राजीनामा माग्नु पर्नाको कारणसहित पत्र बुझाएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवा सुविधा नपाएको उपकुलपतिकै कारण प्रतिष्ठान धरासायी बनेको उनीहरुको आरोप थियो ।