५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक/एक वटा उद्योग ग्राम स्थापना गरिने बताएका छन् । यहाँ जारी महिला उद्यमी मेलाको आज समापन गर्दै उनले प्रदेश सरकार महिला उद्यमीको मनोबल बढाउन तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न तयार रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने धारणा राखे ।

समृद्धि कराएर वा रटान दिएरमात्रै प्राप्त नहुने बताउँदै उनले उद्यम नगरे समृद्धि नआउने उल्लेख गरे । उनले महिलाले सञ्चालन गरेका उद्यमलाई पुरुषको सक्दो सहयोग हुनुपर्ने धारणा राखे । नेपाली उत्पादनको लागत बढी भएकाले उनले लागत कम गर्न आवश्यक सीप वा प्रविधि भित्र्याउन आवश्यक रहेकामा जोड दिए।

प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले महिला उद्यमीलाई विनाधितो ऋण दिनुपर्ने धारणा राखे । उनले विदेशी उत्पादन भित्र्याउनेभन्दा पनि नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउन पहल गरिनुपर्ने बताए ।

अर्का प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले महिला साच्चै नै इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्छन् भन्ने कुरा धेरै उदाहरणले पुष्टि गरिसकेकाले उनीहरुको उद्यमशीलतालाई थप विकसित बनाउन विना हिच्किचाहट लगानी गर्न वित्तीय संस्थालाई अनुरोध गरे।