२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम उमेरमा बार्सिलोनाको सिनियर टिममा ‘अन्सु फुटी’



अ+ अ-

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले अन्सु फुटीलाई १६ वर्षको उमेरमा नै सिनियर टिमबाट डेब्यू गराएका छन् । गिनी बिसाउका स्ट्राइकर फुटीले ला लिगामा रियल बेटिसविरुद्ध अन्तिम १० मिनेट खेलेका थिए ।

स्ट्राइकरत्रय लिओनल मेस्सी, लुइस स्वरेज र उस्मान डेम्बेले चोटका कारण मैदान बाहिर भएपछि भालभर्डेले अघिल्लो साता फुटीलाई सिनियर टिमसँग अभ्यास गराएका थिए । ला मासियाका उत्पादन कार्लोस परेजले पनि खेलेका छन् ।

आइतबारको डेब्यूसँगै फुटी कम उमेरमा बार्सिलोनाको सिनियर टिममा अवसर पाउने पहिलो खेलाडि भिसेन्ट मार्टिनेज १९४१ मा भएका थिए भने दोस्रो खेलाडी अन्सु फुटी बनेका हुन् । खेलपछि फुटीलाई कप्तान लिओनल मेस्सीले आंगालो हालेका थिए जसमा उनी भेरै नै खुसी भए ।

उनले फुटीलाई अंगालो मारेको र पेरेजले गोल सेलिब्रेसन गरेको फोटो इन्टाग्राममा पोष्ट गर्दै भनेका छन्, ‘ला मासियाका युवाहरुले नाउ क्याम्पमा खेल्ने र गोल गर्ने सपना पुरा गरेको देख्खा म निकै खुसी छु ।’