२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा



अ+ अ-

रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

एशियाली विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए ।

उनका अनुसार गाउँपालिकाको रु पाँच करोड र एशियाली विकास बैंकको रु २८ करोड गरी जम्मा रु ३३ करोडको लगानीमा आयोजना निर्माण हुनेछ । एक मेगावाट विद्युत् क्षमताको विद्युत् उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत् निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ ।

अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत् सुविधा पुग्न सकेको छैन । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिनेछ । डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।