१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती
अ अ+ अ-

भीमदत्तनगर । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन ।

रिडिङ फाँटमा कर्मचारी अभावका कारण घर–घरमा पुगेर मिटर रिडिङ गर्न समस्या भइरहेको बताइए पनि भएका कर्मचारी पनि चार÷छ महीनामा एक पटक मात्रै रिडिङका लागि आउने गरेको भीमदत्तनगरपालिका–३ भगतपुरका नवराज भण्डारीले बताए ।

“घरमा मिटर रिडिङ नभएको छ महीना बितिसक्यो, समयमा रिडिङ नहुँदा समस्या हुँदैछ, मिटर रिडिङका लागि कर्मचारी यहाँ आउँदैनन् ”, भण्डारीले भने, “विद्युत् कार्यालयमा गएर आफैँले रिडिङ गराएर महसुल बुझाउनु पर्ने अवस्था छ, चार÷पाँच महीनामा रिडिङ गर्न आए पनि अन्दाजमा तीन महीनाको अङ्क हालेर जान्छन ।”

अन्दाजमा रिडिङ गर्दा कम तिर्नुपर्ने ठाउँमा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पचास घरधुरी रहेको भगतपुरस्थित भण्डारी टोलमा चार महीनायता मिटर रिडिङ नभएको स्थानीयको भनार्इ छ ।

विद्युत् कर्मचारी समयमै मिटर रिडिङमा नआउँदा जिल्लाभरि समस्या छ । भगतपुरका अर्का स्थानीय भीमराज भण्डारीले तीन महीनायता घरमा मिटर रिडिङ नभएको बताए । उनले पनि विद्युत् कर्मचारीहरु मिटर रिडिङ गर्न नआउँदा आफैँ कार्यालय धाउनुपरेको जानकारी दिए ।

“एकैचोटि हजारौँ रकम महसुल बुझाउँदा व्ययभार थपिने गरेको छ”, उनले भने, “महसुल समयमा नबुझाउँदा २५ प्रतिशत जरिवाना तिनुपर्ने अर्को बाध्यता छँदैछ ।”

विद्युत् महसुल बुझाउन पनि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता लामो समयदेखि यथावत रहेको सेवाग्राहीको भनार्इ छ । महसुल बुझाउनका लागि नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ‘कुपन सिस्टम’ गरेपनि सेवाग्राहीसमेत नभएको सेवाग्राहीको गुनासो छ । वेदकोट नगरपालिका–९ का भालु रानाले विद्युत् महसुल बुझाउन दिनभर लाइन बस्नुपर्ने बाध्यता यथावत रहेको बताए ।

“महसुल बुझाउन यहाँ दुई वटा मात्रै काउन्टर राखिएका छन”, रानाले भन्नुभयो, “काउन्टर कम सेवाग्राही अत्यधिक भए ।” महेन्द्रनगर बजार, दोधारा चादँनी, झलारी कलुवापुर, कृष्णपुरसम्म महेन्द्रनगर वितरण केन्द्रका ५५ हजार सेवाग्राही छन् । प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जङ्गबहादुर चन्दले हरेक महीना मिटर रिडिङ गर्नुपर्ने प्रावधान रहे पनि केही दिन ढिलाइ हुने गरेको बताए ।

“रिडिङको सहजताका लागि रुट मिलान कार्य भइरहेको छ”, चन्दले भने, “घरहरु टाढा टाढा हुँदा पनि समस्या हुन्छ ।” उनले ग्राहक बढी र मिटर रिडिङ गर्ने कर्मचारीको सङ्ख्या कम भएकाले ढिलाइ हुने गरेको बताए । महेन्द्रनगर वितरण केन्द्रमा मिटर रिडिङमा ३२ कर्मचारी छन् । यस वितरण केन्द्रअन्र्तगत २० क्षेत्र तोकिएका छन ।