१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



अ+ अ-

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भ्एको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् । जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्कर दिँदा दुर्घटना भएको हो ।

आइतबार साढे ९ बजे भएको दुर्घटनामा पर्सागढी नगरपालिका–३ बस्ने ३८ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । दुर्घटनामा घाइते लामालाई गण्डक अस्पताल वीरगञ्जमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज ल्याइएको थियो ।

त्यहीँ उनको उपचारका क्रममा सोमबार बिहान पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनामा पर्सागढी–४ का २७ वर्षीय रवि साहलाई अहिले गण्डक अस्पताल, वीरगञ्जमा उपचार गराईरहेको छ ।