१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्

गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
अ अ+ अ-

– वीरेन्द्र कर्ण
वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा दुई वर्षअघि शिलान्यास गरिएको गार्मेन्ट प्रोसेसिङ जोन (जीपिजेड) मा हालसम्म उद्योगीहरु आकर्षित हुन सकेका छैनन् । विशेष आर्थिक क्षेत्र (सेज) अन्तर्गत सञ्चालनका लागि तयार भइरहेको सो जोनमा सेज प्राधिकरणले तोकेको भाडादर उच्च रहेको तथा संरचनात्मक प्रशासनिक र पूर्वाधारको अभावका कारण आकर्षित हुन नसकेको वीरगञ्जका उद्योगीहरुको भनाइ छ ।

उनीहरुले अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न लगानी बढी पर्ने भएकोले सङ्घीय सरकारले उद्योगीहरुलाई थप सुविधा तथा पूर्वाधार बढाउनु पर्ने माग गरेका छन् । सरकारको अव्यावहारिक नीतिका कारण तयारी पोसाक निर्यातमा फाइदा नहुने भएकोले तयारी पोसाक उद्योगीहरु तत्काल सेजमा जान नसकेको उद्योगी प्रदीप केडियाले राससलाई बताए ।

विसं २०७४ चैत १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको सो सेज ८३३ बिघा क्षेत्रफलमा फैलिएको छ । प्राधिकरणले सेजभित्र रहेको जग्गामध्ये १४६ बिघा तयारी पोसाक प्रशोधन केन्द्र स्थापनाका लागि छुट्याएको छ । प्राधिकरणले सेजमा उद्योगीहरुलाई उद्योग स्थापना गर्न बारम्बार आह्वान गरेपनि हालसम्म उनीहरू आइसकेका छैनन् ।

छैसट्ठी उद्योगहरु स्थापना गर्न सकिने सो सेजभित्र हाल विद्युत्, ढल, पानी आपुर्ति, प्रशासनिक भवन निर्माण जस्ता पूर्वाधारको काम अघि बढिसकेको भन्दै गार्मेन्ट प्रशोधन केन्द्रका सहायक इन्जिनीयर अजयकुमार चौधरीले भने, “पूर्वाधारमा कुनै समस्या नरहे पनि प्राविधिक कारणले हालसम्म उद्योग स्थापनाका लागि कुनै उद्योगी आउन सकेका छैनन् ।

सेजभित्र उद्योग स्थापनाका लागि कायम गरिएको भाडादर महँगो भएकोले उद्योगीहरु आकर्षित हुन नसकेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा प्रदेश सभासदस्य ओमप्रकाश शर्माले भने, “सरकारको गलत नीतिकै कारण यस क्षेत्रका कतिपय उद्योगीहरु पलायन भइसकेका छन् ।”

नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण तेस्रो मुलुकसम्म पहुँच नहुँदा अन्य मुलुकले गर्ने निर्यातभन्दा नेपाली वस्तुको निर्यात महँगो हुने भएकाले यसतर्फ सरकार गम्भीर हुनुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको छ । सङ्घीय सरकारले जीपिजेड सञ्चालनका लागि पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ५० करोड विनियोजन गरिसकेको छ ।

उपमहानगरपालिकाको वडा नं। ४, १४ र १५ लाई छोएको सो सेजमा ए, बी, सी, डी र ई गरी पाँच वटा ब्लकमा सेज निर्माण गर्ने सरकारी नीति रहेको छ । कूल ८३३ बिघा क्षेत्रफलमध्ये ४४३ बिघा क्षेत्रफल ओगटेको ए ब्लकको १६५ बिघा क्षेत्रफलमा गार्मेन्ट प्रशोधन केन्द्र स्थापना गरिनेछ ।

गार्मेन्ट प्रशोधन केन्द्रमा विद्युत् आपूर्तिका लागि सवस्टेशन स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको छ भने यहाँबाट उत्पादन हुने सामानहरु मध्ये ६० प्रतिशत सामान तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने प्रावधान रहेको बताइएको छ । सो प्रशोधन केन्द्रमा चार हजारदेखि आठ हजार वर्गमिटरको ६८ वटा ‘प्लट’ छुट्याइएको छ ।