१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मुलुकको अर्थतन्त्र शंकटमा, यस्तो छ पछिल्लो अवस्था (भिडियो)

मुलुकको अर्थतन्त्र शंकटमा, यस्तो छ पछिल्लो अवस्था (भिडियो)
अ अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो देखिएको छ । 

चालु आर्थिक वर्षको शुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र शंकटउन्मुख देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तिय सूचकहरु सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिती निकै नै डरलाग्दो अवस्था ओरालो लागेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा शोधानान्तर घाटा  अहिलेसम्मकै उच्च भएको छ ।

यस अवधिमा शोधानान्तर घाटा  १ खर्ब ५० अर्ब पुगेको छ । असोज मसान्तसम्म शोधानान्तर घाटा ७६ अर्ब १४ करोड रहेको थियो । यसरी पछिल्लो एक महिनामा नै शोधानान्तर घाटा दोब्बर भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्ष लागेसँगै उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

गत असार महिनामा १ अर्ब २३ करोड शोधानान्तर वचत रहेको थियो । तर, असार महिनापछि निरन्तर रुपमा  घाटामा गएको छ । साउनमा ३८ अर्ब ७५ करोड घाटा पुगेको थियो भने भदौमा ८३ अर्ब ४१ करोड र  असोजमा ७६ अर्ब १४ करोड घाटामा रहेको थियो । पछिल्लो एक महिनामै शोधानान्तर घाटा ७४ अर्ब २४ करोडले रुपैयाँ भएको छ ।

त्यस्तै,रेमिटेन्सले धानेको देशमा कात्तिक महिना रेमिटेन्स पनि ७।५ प्रतिशतले घटेको छ । चालु वर्षको सबैभन्दा कम रेमिटेन्स कात्तिकमा भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार रेमिटेन्स ७३ अर्ब १० करोड मात्र भित्रिएको छ । रेमिटेन्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।

चालु आर्थिक वर्ष शुरुवातसँगै रेमिटेन्स पनि  घट्न थालेको हो । गत आर्थिक वर्षको असार महिनामा ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको रेमिटेन्स चालु आर्थिक वर्ष लागेपछि निरन्तर घट्दै आएको छ ।

रेमिटेन्स साउनमा ७५ अर्ब ९६ करोड, भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको थियो । असोज महिनामा केही सुधार भएको थियो । यसरी सुधार भएर असोजमा  ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । तर, कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रुपैयाँमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ । चालु वर्षको चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रेमिटेन्स भित्रिएको छ । गत कात्तिकमा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भित्रिएको थियो ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति समेत घटेर दुई वर्ष यताकै न्यून अवस्थामा पुगेको छ । कात्तिक महिनामा विदेशी सञ्चिति १२ खर्ब ४४ अर्बमा रहेको छ । चालु आर्थिक वर्षको बीचमा आएर विदेशी सञ्चिति १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । सरकारले सञ्चितिमा रहेको पैसाले एक वर्षको लागि पुग्ने आँकलन गरेको थियो । तर, पछिल्लो महिना दिनमै सञ्चिति ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको राष्ट्रको वित्तिय विवरणले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय भइरहेको उच्च आयात तथा घट्दो रेमिट्यान्सका कारण विदेशी सञ्चिति घट्दै गएको देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम महिनाको असार मसान्तमा अमेरिकी डलरको सञ्चिति ११ अर्ब ७५ करोड रहेको थियो । चार महिनाको अन्तरालमा अमेरिकी डलरको सञ्चितिमा १०.९ प्रतिशतले कमी आएको छ । यसरी १०.९ प्रतिशतले कमी आएर अहिले १० अर्ब ४७ करोड मात्रै अमेरिकी डलरको सञ्चिति कायम रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७।९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो एक महिनामा मात्रै ५१ करोड अमेरिकी डलरले विदेशी सञ्चिती घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असोजमा सरकारसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो । राष्ट्र बैंकले अहिले भएको डलर सञ्चितिले ७ महिनाको लागि वस्तु तथा सेवा आयात  धान्न सक्ने लक्ष्य राखेको छ ।

त्यस्तै, नेपाली मुद्रामा डलर सञ्चिति असोजको तुलनामा कात्तिकमा ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिति कात्तिकमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा मात्रै रहेको छ । चालु खाताको घाटा पनि एक महिनाकै बीचमा साढे ७१ अर्बले बढेको छ । असोजमा १ खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालु खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा नै आयात १ खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा १ महिनामै  १ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।