सोल । उत्तर कोरियाका पूर्वशासक किम जोङ ईलको १०औँ वार्षिक शोकसभा मनाउनका लागि त्यहाँ विभिन्न कुरामा प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म शोकसभा मनाइनेछ र सो अवधिमा त्यहाँ हाँस्न, नाच्न, पिउन र किनमेल गर्न प्रतिबन्ध लगाइएको छ ।
सन् १९९४ दखि सन् २०११ सम्म शासन चलाएका पूर्वशासक किम जोङ ईलको सन् २०११ डिसेम्बर १७ मा हृदयाघातबाट निधन भएको थियो । उनी उत्तर कोरियाका हालका शासक किम जोङ उनका पिता थिए । शोकसभाका क्रममा लगाइएका प्रतिबन्ध उल्लङ्घन गरेको पाइएमा पक्राउ गरी कारवाही गरिने जनाइएको छ ।