५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग



अ+ अ-

रुपन्देही । प्रगतिशील पत्रकार सङ्घ, नेपालले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । रुपन्देहीको तिलोत्तमा र बुटवलमा दुई दिनसम्म बसेको बैठकका निर्णय आज विज्ञप्तिमार्फत जानकारी गराउँदै सङ्घका अध्यक्ष नारायण शर्माले बैठकले सरकारले सरोकारवाला पक्षसँग छलफल गरेर मात्र प्रेससम्बन्धी विधेयक अगाडि बढाउन माग गरी नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सञ्चालन गरेका आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा न्यूज २४ को कार्यालयमै गएर कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको कार्यशैली ठीक नभएको बैठकले ठहर गरेको छ । घटनाको निष्पक्ष र न्यायिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै कुनै आग्रह र पूर्वाग्रह नराखी घटनाका दोषी नउम्किने र निर्दोष फस्न नहुने गरी निष्पक्षरुपमा अनुसन्धान गर्न आग्रह गरिएको छ ।

बैठकले प्रगतिशील पत्रकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलन आगामी २०७७ जेठभित्र सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै राष्ट्रिय सम्मेलनलाई लक्ष्य गरी चैतसम्म देशव्यापी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने र आगामी असोज मसान्तभित्र सबै जिल्लाको भेला र सम्मेलनको मिति तय गर्ने निर्णय गरिएको छ ।

यसैगरी रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सडक दुर्घटनामा परी भएको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।