१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा



अ+ अ-

काबुल । अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा गएको राती अफगान विशेषबलले तालिबान लडाकूविरुद्ध शुरु गरेको कारबाहीको क्रम आठ सैनिक र सात सर्वसाधारण रिहा भएका हुन् । यस कारबाहीको क्रममा तालिबान लडाकू समूहको विस्फोट पदार्थको भण्डार पनि ध्वस्त गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

लडाकूबाट मुक्त गराइएका ती व्यक्तिहरुलाई सेनाको शिवीरमा ल्याइएको र उनीहरुको चिकित्सकद्धारा शाररिक जाँच शुरु गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । इमाम साहिब जिल्ला भरी नै तालिबान लडाकू समूहले बारम्बार सर्वसाधारण नागरिक र डियुटीमा नभएका अवस्थाका सेनालाई अपहरण गर्ने गरेका छन् । बिशेष सेनाको यस कारबाहीको बिषयमा तालिबान लडाकू समूहले भने केही टिप्पणी गरेका छैनन् ।