५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पन्क्षिजन्य वस्तु भित्रिने क्रम बढ्दो



अ+ अ-

राँझा । नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पन्क्षिजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पन्क्षिजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षको साउन र भदौको पहिलो हप्तासम्म मात्रै भारतबाट अनाधिकृतरुपमा नेपाल भित्र्याइएका चार हजार ९०० बोइलर चल्ला, एक हजार २५० कोइलर चल्ला र तयारी अवस्थाका कुखुरा ७९६ वटा नष्ट गरिएको छ । यो अवधिमा पाँच हजार ५०० माछाका भुरासमेत नियन्त्रणमा लिएर नष्ट गरिएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नम्बर ३० गण बागेश्वरी र मातहतका पोष्टबाट खटिएका सुरक्षाकर्मीले अवैधरुपमा नेपाल ल्याउँदै गरेका पक्षीजन्य वस्तु नियन्त्रणमा लिने गरेका छन् । सशस्त्र प्रहरीको बलको गस्ती टोलीले महेन्द्रनगर र बालेगाउँ क्षेत्रबाट आइतबार मात्रै २० वटा कार्टुनमा राखेर ल्याउँदै गरेको दुई हजार वटा चल्ला नियन्त्रणमा लिएको हो ।

भारतको गोरखपुर ह्याचरीबाट उत्पादित ती चल्ला पशु क्वारेन्टाइन नेपालगञ्जले आइतबार नै नष्ट गरेका पशु चिकित्सक शाहले जानकारी दिए । ह्याचरी सङ्घ नेपालले भारतीय कुखुरा नेपाल भित्रिन नदिनका लागि नियन्त्रण गर्ने निकायलाई सानो चल्ला प्रतिवटा रु पाँच र ठूलो तयारी कुखुरा प्रतिवटा रु ५० प्रोत्साहन दिने निर्णय गरेपछि यसको सकारात्मक प्रभाव परेको सङ्घका प्रतिनिधि निजामुद्दिन इद्रिसीले जानकारी दिए ।