१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

भारतीय पन्क्षिजन्य वस्तु भित्रिने क्रम बढ्दो

भारतीय पन्क्षिजन्य वस्तु भित्रिने क्रम बढ्दो
अ अ+ अ-

राँझा । नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पन्क्षिजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पन्क्षिजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षको साउन र भदौको पहिलो हप्तासम्म मात्रै भारतबाट अनाधिकृतरुपमा नेपाल भित्र्याइएका चार हजार ९०० बोइलर चल्ला, एक हजार २५० कोइलर चल्ला र तयारी अवस्थाका कुखुरा ७९६ वटा नष्ट गरिएको छ । यो अवधिमा पाँच हजार ५०० माछाका भुरासमेत नियन्त्रणमा लिएर नष्ट गरिएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नम्बर ३० गण बागेश्वरी र मातहतका पोष्टबाट खटिएका सुरक्षाकर्मीले अवैधरुपमा नेपाल ल्याउँदै गरेका पक्षीजन्य वस्तु नियन्त्रणमा लिने गरेका छन् । सशस्त्र प्रहरीको बलको गस्ती टोलीले महेन्द्रनगर र बालेगाउँ क्षेत्रबाट आइतबार मात्रै २० वटा कार्टुनमा राखेर ल्याउँदै गरेको दुई हजार वटा चल्ला नियन्त्रणमा लिएको हो ।

भारतको गोरखपुर ह्याचरीबाट उत्पादित ती चल्ला पशु क्वारेन्टाइन नेपालगञ्जले आइतबार नै नष्ट गरेका पशु चिकित्सक शाहले जानकारी दिए । ह्याचरी सङ्घ नेपालले भारतीय कुखुरा नेपाल भित्रिन नदिनका लागि नियन्त्रण गर्ने निकायलाई सानो चल्ला प्रतिवटा रु पाँच र ठूलो तयारी कुखुरा प्रतिवटा रु ५० प्रोत्साहन दिने निर्णय गरेपछि यसको सकारात्मक प्रभाव परेको सङ्घका प्रतिनिधि निजामुद्दिन इद्रिसीले जानकारी दिए ।