१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

हाजिर नगरी तलब

हाजिर नगरी तलब
अ अ+ अ-

– दाने बोहरा
हुम्ला । हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब खाँदै आएका छन् । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझने कामदारले पनि आफूले काम गरेको हाजिरी नगरी घर फर्किँदैनन् । साहुले समेत कामदारलाई भनेकै समयभन्दा बढी काममा लगाउँछन् । तर हुम्लाका स्थानीय तहमा खटिएका कर्मचारी भने स्वयं हाजिर नै नगरी वर्षभरिको तलबभत्ता एकैचोटि बुझेको खुलासा भएको छ ।

हुम्लाका अधिकांश गाउँपालिकाका कर्मचारीहरु हाजिर नै नगरी तलब खाने गरेका पाइएको छ ।सर्केगाड गाउँपालिकामा खटिनुभएका नायब सुब्बा कमानसिं धामीले २०७६ साल बैशाख महीनादेखि अहिलेसम्मको हाजिर नगरी सरकारबाट पाउने कर्मचारी सेवा सुविधा लिइसकेका छन् । साविक गा.वि.स. चलाएका नायब सुब्बा धामीको अहिलेसम्म हाजिरी रजिष्टरमा भेटिँदैन ।

गाउँपालिकामा कर्मचारीसमेत नभेटिने अवस्थामा कार्यालय सहयोगीको भरमा छोडिएको छ । गाउँपालिकाकै कार्यन्वयन पक्षमा जिम्मेवारी लिएका प्रमुख प्रशासकीय अधिकृत योग्यप्रसाद पाण्डेको समेत हाजिरी रजिष्टरमा २०७६ सालकै दुई वटा हाजिरी गर्ने पृष्ठ छ । एउटामा २०७६ साल वैशाखदेखि असारसम्मको हाजिर भेटिएको छ भने रजिष्टरको अर्को पानमा हाजिर वैशाखदेखि अहिलेसम्म हाजिर गरेको छैन ।

गाउँपालिकामा १ देखि ८ वडासम्म र गाउँपालिका कार्यलयमा विभिन्न पदमा ४० स्थायी र ४६ करार कर्मचारी छन् । सदरमुकाम सिमकोटबाट पैदल हिँडेर गाउँपालिका पुग्न दुई दिन लाग्छ । तर अधिकांश कर्मचारी गाउँपालिका र वडामा बस्दैनन् । उनीहरू सदरमुकाम सिमकोट र शहरमा बढी देखिने गरेको दुल्लीका खम्पा थापाले बताए ।

“हाजिर त परै जाओस् गाउँपालिकाले दिएको जिम्मेवारी पनि वडामा गएर पूरा गर्न सकिरहेका छैनन्, अधिकांश वर्षको दुई महीना मात्रै अनुहार देखाउन गाउँमा आउँछन्”, उनले भने । हुम्लाकै साविकको कालिका गाविस निवासी खरिदार मेघनाथ शाहीको वैशाख महीनादेखि अहिलेसम्म गाउँपालिकाले कार्यालयमै राखेको रजिष्टरमा हाजिरी छैन । तर उहाँले एकैपटक हाजिर गरी तलब खाँदै गरेको खुलासा भएको छ ।

गाउँपालिकाका सहलेखापाल हिमाल रोकायाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यलय भएकोले कहिले सिमकोट, कहिले प्रदेश र सङ्घमा धाउनुपर्ने बाध्यताले कर्मचारीको नियमित हाजिर नभएको बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको पनि आर्थिक २०७६ साल वैशाख महिनामा १७ दिनसम्म हाजिर गरेको देखिन्छ । गाउँपालिककै विभिन्न कामको लागि भन्दै स्वास्थ्य संयोजक धामी काठमाडौँ गए ।

उनले आफ्नो स्वास्थ्य शाखाको छुट्टै रजिष्टर भएकोले गाउँपालिकाको संयुक्त हाजिरी रजिष्टरमा नगरेको बताए । आफनो शाखाको हाजिरी रजिष्टर सदरमुकाम सिमकोटमै रहेको सम्पर्क कार्यलयमा रहेको उनको भनार्इ छ । तर सिमकोटमा हाजिरी रजिष्टर नभई गाउँपालिका कार्यालयमै सबैको एउटै हाजिरी रजिष्टर भएको सहलेखापाल रोकायाले जानकारी दिए ।

स्वास्थ्य शाखाका अर्का वरिष्ठ अहेब धनबहादुर बोहराको वैशाख, जेठ र असार १९ गतेसम्म हाजिर गरेको देखिन्छ । नायब सुब्बा रविन्द्र शाहीको पनि २०७६ साल वैशाख महीनामा १० दिन मात्र हाजिर गरेको देखिन्छ । उहाँले जेठ महीनादेखि हाजिर गरेका छैनन् । उनको असारमा जिल्ला मालपोत कार्यलयमा सरुवा भएको छ ।

अधिकांश वडादेखि गाउँपालिकामा कर्मचारी नियमित हाजिर नहुँदा सेवाग्राहीलाई सेवा सुविधा दिन कठिनाइ त्यहाँ कार्यरत अन्य कर्मचारीहरूले बताएका छन् । गाउँपालिका उपाध्यक्ष जोशी धामीले कर्मचारीहरु अनियमित भए कारवाही गर्ने बताए । उनले अहिलेसम्म कर्मचारी सबै नियमित हाजिर हुने गरेको तर गाउँपालिकाको विभिन्न शाखाको काम भएकोले बाहिर गएको हुनसक्ने बताए ।