१२ आश्विन २०८१, शनिबार
,
Latest
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो सम्पतिबारे अभिनेता बच्चनको यस्तो निर्णय



अ+ अ-

बलिउडका बादसाह अर्थात अमिताभ बच्चनले हालै मात्र ‘कौन बनेगा करोडपति’ को सेटमा आफ्नो सम्पत्तिका बारेमा एक महत्वपूर्ण खुलासा गरेका छन् । सोनी टेलिभिजनबाट प्रसारण हुने गेम रियालिटी शो ‘कौन बनेगा करोपति–११’ मा गत शुक्रबार कर्मवीर स्पेशल इपिसोडमा भारतीय समाजसेवीका सिन्धुताई सपकाल हटसिटमा थिइन् ।

बातचित गर्ने क्रममा बलिउड अभिनेता लमिताभ बच्चनले एक रहस्यमय कुरालाई सबैको अगाडि खुलस्त गरेका थिए । समाजसेवी सपकालको संघर्षमय जिवनी सुनेर अभिनेता लमिताभ बच्चन भावुक हुँदै भने,‘मैले पहिला पनि भनेको थिएँ र आज पनि भन्दैछु, जब म मरेर जान्छु, मर्नुभन्दा अगाडि मसंग जे जति सम्पत्ति बाँकी रहन्छ, धेर–थोर जति नै सम्पत्ति बाँकी रहे पनि त्यो सम्पत्ति मेरा दुई सन्तान छन्, एक छोरा र एक छोरी, उनीहरुलाई आधा–आधा बाँडेर दिनेछु, दुबैले बराबरी पाउने छन्, चाहे जे जति होस् ।’

उनको यो निर्णयलाई सुनेर सबैले तालि बजाएका थिए । हाल अभिनेता अमिताभ बच्चनसंग करिव ४ सय ६० करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । यो कुराको खुलासा अमिताभकी धर्मपत्नी जया बच्चनको निर्वाचन आयोगमा बुझाइएको पत्रबाट भएको हो ।