५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माता गोविन्द शाही थप २ दिन हिरासतमै रहने



अ+ अ-

काठमाडौं । अपराधिक विश्वासघात सम्बन्धी कसूर गरेको अभियोगमा पक्राउ परेका निर्माता गोविन्द शाहीलाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौंले अनुमति दिएको छ । यसअघि पनि उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

आइतबार भएको बहसपछि अनुसन्धानका लागि म्याद थपिएको डिएसपी कृष्ण चन्दले बताए ।
चलचित्र ‘लिलिबिली’का निर्माताद्धय मिलन चाम्स र सुदिप खड्काले चलचित्रबाट आएको शेयर लुकाएको भन्दै उजुरी दिएका थिए । करिब ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको उनलाई आरोप छ ।

निर्माता शाहीलाई बुधबार महानगरीय अपराध महाशाखा, टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । उनलाई टेकुमा राखिएको छ । निर्माता शाही अहिलेका चर्चित वितरक भए पनि उनी विभिन्न समयमा विभिन्न विवादमा पर्दै आउने गरेका छन् ।