१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल्कादेखि मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित वर्षा हुने उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। “यस समयमा छोटो अवधिमा भारी वर्षा पनि हुनसक्छ ।” उनले भने । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले चट्टयाङ्गबाट बच्न सतर्कता अपनाउन आग्र्रह गरेको छ ।

देशको पीश्चमी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी स्थानमा यात्रा गर्दा सर्वसाधारणलाई सचेत रहन पनि अनुरोध गरिएको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग पर्नाका साथै वर्षा हुने र पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि देशभर आंसिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्याकाको न्युनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ ।