१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्र बैंकले हस्तक्षेप नगरे बैंकमाथिको विश्वास समाप्त हन्छ: सांसद त्रिपाठी

राष्ट्र बैंकले हस्तक्षेप नगरे बैंकमाथिको विश्वास समाप्त हन्छ: सांसद त्रिपाठी
अ अ+ अ-

काठमाडौं । निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको सांसद हृदयश त्रिपाठीले आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै त्रिपाठीले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन् । उनले भने, ‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे ।’ उनले भने,’कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने त्यसलाई आफ्नो हातमा कसरी पर्ने भनेर लाग्छन्, यही कारणले बुटबलमा मात्र २ जनाले आत्महत्या गरिसके ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुको नियमन राम्रोसँग गर्न नसकेको भन्दै उनले यस्तै अवस्था रहेमा बैंकहरुमाथि सर्वसाधारणको विश्वास समाप्त भएर जाने बताए । आफूले अध्ययन गर्दा हाल तीनवटा बैंकका सीईओ कुनै बेला सामान्य कर्मचारी हुँदा बैंकिङ कसूरको आरोप लागेको व्यक्ति नै रहेको सांसद त्रिपाठीले बताए ।

बैंकहरुले राम्रो धितोलाई जसरी पनि हात पारेर ऋण लगानी गर्ने र चर्को ब्याज असुलीबाट सर्वसाधारणलाई समस्यामा पारेको जसकारण जिल्ला जिल्लामा घरवारविहीनको संख्या बढ्दै गरेको सांसद त्रिपाठीले जिकिर पनि गरे । बैंकहरुलाई यसरी नै छाडा छो्ने हो भने र राष्ट्र बैंकले हस्तक्षेप नगर्ने हो भने बैंकमाथिको विश्वास समाप्त भएर जाने उनले बताए ।