१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग भयोः नेकपा सांसदहरु



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारी र नेकपा सचेतक शान्ता चौधरीले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको उनीहरुको भनाई छ ।

सोमबार संसदको विशेष समयमा बोल्दै सांसद अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त रहेको कुरा जिकिर गरे । प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने अपराधिक मनोवृत्तिसमेत देखिएको भन्दै उनले खेद जनाएका थिए । लोकतन्त्रभित्र छाडातन्त्र अटाउन नसक्ने भन्दै सचेतक चौधरीले भनिन्, ‘फेसबुक, ट्वीटर र कतिपय अनलाइन मिडियामा चरित्र हत्या गरेर लेखिन्छ, निराधार आरोप लगाइन्छ र फोटोसपबाट अनेकौं फोटो जोडेर भिडियो बनाएर युट्युब च्यानलमा मिथ्या कुराको ब्यापार गरिन्छ ।’

सत्य समाचार सम्प्रेषण गर्नेहरुको सम्मान गर्ने तर आजभोलि फेक समाचारको ब्यापार मौलाएको उनले बताइन् । चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारण धेरै मानिस भ्रममा परेको पनि बताइन् ।