२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग भयोः नेकपा सांसदहरु



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारी र नेकपा सचेतक शान्ता चौधरीले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको उनीहरुको भनाई छ ।

सोमबार संसदको विशेष समयमा बोल्दै सांसद अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त रहेको कुरा जिकिर गरे । प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने अपराधिक मनोवृत्तिसमेत देखिएको भन्दै उनले खेद जनाएका थिए । लोकतन्त्रभित्र छाडातन्त्र अटाउन नसक्ने भन्दै सचेतक चौधरीले भनिन्, ‘फेसबुक, ट्वीटर र कतिपय अनलाइन मिडियामा चरित्र हत्या गरेर लेखिन्छ, निराधार आरोप लगाइन्छ र फोटोसपबाट अनेकौं फोटो जोडेर भिडियो बनाएर युट्युब च्यानलमा मिथ्या कुराको ब्यापार गरिन्छ ।’

सत्य समाचार सम्प्रेषण गर्नेहरुको सम्मान गर्ने तर आजभोलि फेक समाचारको ब्यापार मौलाएको उनले बताइन् । चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारण धेरै मानिस भ्रममा परेको पनि बताइन् ।