१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जनताको सहभागितमा मात्रै मुलुकको विकास र समृद्धि हुने हो- गृहमन्त्री (भिडियो सहित)

जनताको सहभागितमा मात्रै मुलुकको विकास र समृद्धि हुने हो- गृहमन्त्री (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । 

गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो ।

उहाँले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पार्नु भयो । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो । गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढि, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गर्नु भयो । उहाँले गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नु भयो, ‘तपाईहरु गैरसरकारी संस्थामार्फत् लाखौं नेपाली दिदीबहिनीहरु, दाजुभाईहरु देश विकासको अभियानमा हुनुहुन्छ । त्यसकारणले तपाईहरुको कठिनाईलाई ध्यान राखेर सरकारले हस्तक्षेपकारी भूमिका होईन, नियन्त्रणकारी भूमिका होईन । गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरुका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ । तपाईहरुले काम गर्ने क्रममा सायद सुरक्षाको त्यति काम पर्दैन होला । आवश्यक पर्यो भने जिल्ला सुरक्षा निकायले तपाईहरुलाई सुरक्षा प्रदान गर्नेछ । म यसै मञ्चबाट गृह मन्त्रालय मातहतका सुरक्षा निकायहरुलाई, प्रशासनलाई निर्देशन दिन चाहन्छु–गैर सरकारी संस्थाहरुलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरुको माग अनुसार पूरा गर्नुहोस । मुलुकको निर्माण हामी सबैले मिलेर गर्ने हो । मुलुक विकासका लागि नियन्त्रित शासन प्रणालीबाट सम्भव छैन भन्ने कुरामा सरकार विश्वस्त छ । जनताको सहभागितमा मात्रै मुलुकको विकास र समृद्धि हुने हो ।’

गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताउनु भयो ।