१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एक वर्षपछि पुग्यो हुम्लामा चामल

एक वर्षपछि पुग्यो हुम्लामा चामल
अ अ+ अ-

हुमला । नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौं, केरुङ, हिल्ला हुदैं याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ । हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडौंबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी रु ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा रु १०५ पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो । स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफै काठमाडौंबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पुर्याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताउनुभयो ।

काठमाडौं केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उहाँले बताउनुभयो । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडौंदेखि सिमकोट पुग्न छ दिन लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौंबाट केरुङ हुँदै आउन छ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ ।

काठमाडौँबाट हुम्ला पुग्न स्थलमार्गबाट छ दिन लागे पनि अहिलेसम्म चामल पु¥याउन नसकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ । ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका सुब्बा पोखरेलले जानकारी दिनुभयो ।

यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उहाँले जानकारी दिनुभयो । सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा चङ्खेली देउती बजै जेभीका धु्रव शाहीले लिनुभएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा यस क्षेत्रका स्थानीयवासी दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन् ।