१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका बिरामी बढे
अ अ+ अ-

बाँके । जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ । गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका श्यया भरिएका छन् ।

गर्मी बढेसँगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालमा पछिल्लो समय यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कनेलगायतका लक्षण देखिन थालेपछि अस्पतालमा बिरामीको भीड लाग्न थालेको छ । भाइरल ज्वरोका बिरामी धेरै रहेका भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको चाप बढेपछि एउटै बेडमा दुई बिरामी राखेर उपचारसमेत गर्नुपरेको छ ।

“मौसमी ज्वरोको समस्या पनि देखिएको छ, फाट्टफुट्टरूपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले औषतमा हरेक दिन भेरी अस्पतालमा ४०÷५० भाइरल ज्वरोका बिरामी आउने गरेका छन्, बिरामीको चाप धेरै भएकाले कुनै पनि वार्ड खाली छैन ।” अस्पतालको आकस्मिककक्षमा समेत एउटै श्ययामा दुई÷तीन बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ ।

यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएका उहाँले बताउनुभयो । बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ । श्यया खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ । जसले गर्दा आएका बिरामीलाई अन्य निजी अस्पताल पुग्ने गरेका छन् ।

यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएका बाल विशेषज्ञ डा रोमा बोराले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिका आउने गरेका छन् । बालबालिकामा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या अधिक देखिएको डा बोराले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोकै कारण बालबालिकामा निमोनिया र स्वाइनफ्लुको खतरा बढ्न सक्ने देखिएको छ ।”

अस्पतालमा भर्ना भएर बसेका ८० प्रतिशतभन्दा बढी भाइरल ज्वरोकै बिरामी रहेका डा जीवन शर्मा बताउनुहुन्छ । उहाँका अनुसार शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको सङ्क्रमण उच्च देखिएको छ । खासगरी वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने कारणले पनि पानीजन्य ज्वरोका बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको उहाँको भनाइ छ । “अहिले सिजनलरुपमा भाइरल ज्वरो देखिनु सामान्य मानिसमा पनि असावधानी र ज्वरोसमेत तत्कालै सर्ने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको छ”, डा शर्माले भन्नुभयो ।

उहाँका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएको हो । मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका फिजिसियन डा प्रकाश नागले बताउनुभयो । उहाँले बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने बताउनुभयो ।

जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ । सामान्य अवस्थाभन्दा बिरामीको सङ्ख्या केही बढेको भए पनि भाइरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामी कमै सङ्ख्यामा रहेका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुपानन्द अधिकारीले बताउनुभयो ।

“झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, झुलको प्रयोग गरेर मात्रै सुत्ने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ”, उहाँले भन्नुभयो, “सकभर आफूलाई शङ्का लागेकै भरमा औषधि सेवन गर्नु पनि राम्रो होइन, चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न आग्रह छ ।” गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाइ छ । यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।