१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मूल्यसूची नै राख्दैनन् व्यवसायी

मूल्यसूची नै राख्दैनन् व्यवसायी
अ अ+ अ-

लमही । यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा मदिरा बिक्री वितरण गरिएको र धेरैजसो पसलमा म्याद गुज्रिएका सामान फेला परेको सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । यस्ता व्यवसायीलाई तीन दिनभित्र मूल्यसूची राख्न र कर तिर्न निर्देशन दिइएको संयोजक शर्माले जानकारी दिनुभयो ।

अर्को पटक यस्तो भेटिए कारवाही हुनेसमेत उहाँले बताउनुभयो । शर्माको नेतृत्वमा इलाका प्रशासन कार्यालयका अधिकृत श्रीधर टण्डन, तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज भण्डारी, उपभोक्ता अधिकार मञ्चका संयोजक केशवकुमार शर्मा, वडाध्यक्ष टोपबहादुर केसी, नवराज लामिछाने, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारको सहभागिता थियो । अनुगमनलाई निरन्तता दिइने समितिले जनाएको छ ।