१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण

संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण
अ अ+ अ-

काठमाडौँ । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तरः सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुुम्वाहाङफेले कार्यक्रमको शुभारम्भ गर्दै संविधान जारी भएपछि सङ्घीय संसद्ले १८ महीना पूरा गरेको र यस अवधिमा जनचाहना पूरा गर्न संसद् प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गरीन्।

उनले भने, “संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउन महिला सांसदले आफ्नो भूमिका अझ बढाउनुपर्छ । तपाईहरु लाज र धक नमानी जनताका कुरा सदन र समितिका बैठकमा राख्नुहोस् ।” उपसभामुख तुम्वाहाङफेले ‘सदनमा महिला सांसदको भूमिका राम्रो भएन’ भन्नेलाई सदनका हरेक गतिविधिमा भाग लिई आफ्नो विज्ञता प्रस्तुत गर्दै जवाफ दिनुहोस् भने ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सदनमा महत्वपूर्ण कुरा राख्छौ तर ससाना कुराको ख्याल नराख्दा यसले सिङ्गो सदनको प्रभावकारितामा असर पुर्याइरहेको हुन्छ भने । उनले भने, “राष्ट्रियसभाको हालैको एकदिनको बैठकमा बोलिरहनुभएका सांसदको समय सकिन लाग्यो भनेर मैले पहेलो बत्ती बाले, बत्ती बल्ने वित्तिकै उहाँले आफ्नो भनाइ अन्त्य गर्नुभयो । बत्ती बलेपछि पनि एक मिनेट समय त बाँकी त थियो नी । एक मिनेटमा पनि धेरै विषयगत कुरा राख्न सकिन्थ्यो होला ।’’

संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले शून्य, विशेष, ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी राख्ने भन्ने जानकारी दिँदै छोटो समयमा बुँदागत आफ्ना भनाइ राख्न सांसदलाई आग्रह गरे। उनले भने, “जनताले जनताका लागि नयाँ संविधान बनाइ जारी गरेकाले आन्दोलन होइन, संविधान कार्यान्वयतर्फ लागौँ । संविधानको कार्यान्वयनले मात्र समृद्धि हासिल गर्न सकिन्छ ।”

सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सङ्घीय संसद्लाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि अन्तरक्रियाको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । अन्तरक्रियमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तरः सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम छ ।