१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
अ अ+ अ-

ललितपुर । पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी सङ्गीत प्रशिक्षण कार्यक्रम अघि बढाइएको सङ्घका सङ्गीत व्यवस्थापक रुपेन्द्र पुरीले जानकारी दिए ।

“सो प्रशिक्षणले समाजमा सूर्ती र मदिराजन्य लत घटाई बौद्धिकता विकासमा जोड दिने विश्वास लिएका छौँ”, पुरीले भने, “१५ दिनअघिदेखि शुरु गरिएको सो सङ्गीत प्रशिक्षणमा सबै उमेर समूहका २५ जना व्यक्तिले प्रारम्भिक चरणको सुरताल सिकिरहनुभएको छ ।” उक्त सङ्गीत प्रशिक्षण ती व्यक्तिले चाहेका अवधिसम्म सञ्चालन गरिने बताइएको छ ।

सङ्गीत प्रशिक्षणमा पाँच ताल सिकाउने गरिएको सांस्कृतिक संस्थानका सङ्गीत प्रशिक्षक तथा सो सङ्घका कार्यसमितिका सदस्य नरसिंहलाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, “प्रशिक्षणमा करुवा, दादरा, रुपक, झपताल र श्रीतालजस्ता सबै सिकाउने योजना बनाएको छु । साँझ ५ बजेदेखि ७ बजेसम्म पाटन दरबार परिसरमा सङ्गीतको गुञ्जयमान हुने गरेको छ ।”

करीब दुईघण्टे सो तालीममा नौदेखि ५६ वर्ष उमेर समूहका व्यक्तिले सहभागिता जनाइरहेको सो सङ्घका संयोजक ज्ञानराजा श्रेष्ठले बताए । “सङ्गीत प्रशिक्षणमा बढीजसो विद्यार्थी र थोरै मात्रामा सेवाबाट अवकाशप्राप्त व्यक्तिले पनि भाग लिइरहनुभएको छ”, श्रेष्ठले भने, “सङ्घले पहिलो पटक आयोजना गरेको सो प्रशिक्षण राम्रो हुँदै गयो भने पछि अरुलाई पनि सिकाउने योजना बनाएका छौं ।” हालसम्म सङ्घले सङ्गीत प्रशिक्षणमा केवल हार्मोनियम बजाउन सिकाइरहेको छ ।

सङ्घ कार्यसमितिका सदस्य श्रेष्ठले पाटन दरबार परिसरका अलावा न्ह कहेद्या गुठीअन्तर्गत ललितपुरका प्रसिद्ध स्थान हरिसिद्धि र लूभूमा पनि शाही भजन सिकाउने गरेको बताए । उनले थप्दै भने, “मङ्गलबजारको भिन्द्यो लाछीमा ४० जना व्यक्तिलाई महीनावारी पारिश्रमिक लिएर प्रारम्भिक सङ्गीत प्रशिक्षणका अलावा लोक तथा आधुनिक पनि सिकाइरहेको छु ।”