१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार



अ+ अ-

काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा मंगलबार गरिएको हो । छुटेका अनुहारमा लेखक सायनले आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सुक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर पद्मश्री साहित्य पुरस्कार छुटेका अनुहारले र पद्मश्री साधना सम्मान इतिहासविद तथा संस्कृतज्ञ डा.महेशराज पन्तलाई दिने निर्णय भएको जानकारी गराएका हुन् । पुरस्कारको राशी जनही २ लाख रुपैयाँको रहेको छ ।

त्यस्तै डा. पन्तले पाँच दशकदेखि नेपाली इतिहास र स‌ंस्कृतिलाई लिपिवद्ध एवं जगेर्ना गर्दै आएकाले उक्त सम्मान प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । दुबै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।