२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसमा भारतिय प्रधानमन्त्री मोदि नेपाल नआउने



अ+ अ-

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय समकक्षीलाई निमन्त्रणा दिएका छन् । तर, त्यसमा पनि प्रधानमन्त्री मोदी नआउने लगभग पक्का भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई संविधान दिवसमा आउन निमन्त्रणा दिएका थिए ।

नेपालले असोज ३ मा संविधान दिवस मनाउदा दिन मोदी अमेरिकामा हुनेछन् ।
तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले यसको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

त्यस्तै, नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक द्वीवेदीले यो विषयमा कुनै प्रतिकृया नै दिन मानेनन् । असोज २ गते दिल्लीबाट अमेरिका प्रस्थान गर्ने मोदी असोज ३ गते अमेरिका पुग्नेछ । असोज ४ गते वासिङ्टन डिसी, ५ गते हस्टन, ६ गते न्युयोर्क र ७ गते सिकागो जानेछन् ।

उता, पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रमको तयारी पनि भइरहेको छ । उद्योग मन्त्रालय स्रोतका अनुसार भदौ २४ गते दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत पाइपलाइनको उद्घाटन गर्ने तयारी गरिरहेको बताईएको छ ।