२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एक वृद्धाको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । मृत शवलाई पोष्टमाटका लागी जिल्ला अस्पलात रुम्जाटरमा ल्याईदै छ ।

त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीको अनुमान गरिएको छ ।