१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एक वृद्धाको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । मृत शवलाई पोष्टमाटका लागी जिल्ला अस्पलात रुम्जाटरमा ल्याईदै छ ।

त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीको अनुमान गरिएको छ ।